Posts

Showing posts from December, 2019

नक्षत्र भनेको के हो ?

Image
नक्षत्र    भनेको के हो? आकाश मा रहेका  तारा समूहलाई  नक्षत्र  भनिन्छ। सामान्यतया नक्षत्र  चन्द्र पथसँग सम्बन्धित हुन्छ, तर चन्द्रपथका अतिरिक्त आउने अन्य ताराहरूलाई पनि नक्षत्र नै भन्ने चलन छ।  ऋग्वेद को एउटा प्रसङ्गमा सूर्यलाई पनि नक्षत्र भनिएको छ। अन्य नक्षत्र हरूमा  सप्तर्षि  र  अगस्त्य को पनि चर्चा भेटिन्छ। नक्षत्रहरूको परिचय र सूची  अथर्ववेद ,  तैत्तिरीय संहिता ,  शतपथ ब्राह्मण  तथा  लगध को  वेदाङ्ग ज्योतिष आदि ग्रन्थमा प्राप्त हुन्छ। नक्षत्रसङ्ख्याका सम्बन्धमा विद्वानहरूमाझ मतमतान्तर पाइन्छ, तर ज्योतिषशास्त्रमा २७ वटा मुख्य नक्षत्रहरू र अभिजित (Abhijit)(α, ε and ζ Lyrae - Vega - उत्तराषाढा र श्रवणका मध्यभागमा अवस्थित) सहित २८ वटा नक्षत्र रहेको तथ्यलाई सबैले एकमतले स्वीकारेको पाइन्छ, ज्योतिषीय गणना पद्धतिमा भने केवल २७ वटा नक्षत्रको प्रयोग हुन्छ। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र प्रत्येक पाउसँग एकएकवटा अक्षर सम्बन्धित ह...

राशिहरू

Image
राशिहरू पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । करिब १ महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक "राशि"को नाम दिएका छन् । राशिहरू १२ वटा हुन्छन् । सूर्यले एक महिना सम्म एक राशिमा विचरण गर्छ भने चन्द्रमाले एक राशिमा करिब २.५ (ढाइ) दिन भोग गर्छ । यसकारण ज्योतिषविधहरूले राशिलाई क्रमश: "सूर्य राशि" र "चन्द्र राशि" दुई भागमा बिभक्त गरेता पनि हिन्दू ज्योतिष प्रमाणीकरणका अनुशार चन्द्र राशिलाई नै मान्यता दिईएको छ।  [२]  राशिहरूका नाम यस प्रकार छन् :- * राशि-नाम English राशि चिन्ह  (नेपाली) 1 मेष राशि Aries 2 वृष राशि Taurus wrish 3 मिथुन राशि Gemini 4 कर्क राशि Cancer karka 5 सिंह राशि Leo simha 6 कन्या राशि Vigro 7 तुला राशि Libra 8 वृश्चिक राशि Scorpio vrish 9 धनु राशि Sagittarius d...

ज्योतिष भनेको के हो ?

Image
ज्योतिष भनेको के हो? ज्योतिष  भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्। ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय वि...